सन्दिपको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं, २० मंसिर । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दिप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । घोषित नेपाली टोलीमा अधिकांश नयाँ अनुहारका छन् ।
टोलीमा अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार, रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । त्यस्तै, वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छन् ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो ।
एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२८ माघ २०८१ १६:१०
भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ
२८ माघ २०८१ १६:०७