उत्कृष्ट फिल्मसहित पशुपति प्रसादलाई चार पुरस्कार
काठमाडौं, १९ मंसिर । यस वर्षको कामना सर्वोत्कृष्ट चलचित्र अवार्डबाट चलचित्र पशुपति प्रसाद पुरस्कृत भएको छ । नेपाल समाचारपत्रको सहप्रकाशन कामनाद्वारा हिजो आयोजित लक्स कामना फिल्म अवार्ड २०७३ वितरण कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट कथा, सर्वोत्कृष्ट पटकथा तथा सर्वोत्कृष्ट निर्देशनतर्फको पुरस्कारसमेत पशुपति प्रसादले प्राप्त ग¥यो । सर्वोत्कृष्ट निर्देशनमा दीपेन्द्र के. खनाल, सर्वोत्कृष्ट अभिनेतामा सौगात मल्ल, सर्वोत्कृष्ट अभिनेत्रीमा नम्रता श्रेष्ठ, सर्वोत्कृष्ट खलपात्रमा विपिन कार्कीले अवार्ड प्राप्त गरे ।
यस्तै सर्वोत्कृष्ट पुरस्कार हास्यकलाकारतर्फ विल्सनविक्रम राई, सहअभिनेतातर्फ सरोज खनाल, सहअभिनेत्रीतर्फ प्रियंका कार्की, सङ्गीतकारतर्फ अर्जुन पोखरेल, गीतकारतर्फ डा.कृष्णहरि बराल, पाश्र्व गायकतर्फ सुगम पोखरेल, पाश्र्व गायिकातर्फ अञ्जु पन्त, नवनिर्देशकतर्फ भुवन केसी, नवअभिनेतातर्फ पल शाह, नवअभिनेत्रीतर्फ साम्राज्ञी शाह र बालकलाकारतर्फ कञ्चन ठकुरीले अवार्ड प्राप्त गरेका छन् ।
यसैगरी प्राविधिक विधातिर सर्वोत्कृष्ट हुनेमा कथातर्फ दीपेन्द्र के खनाल, पटकथातर्फ खगेन्द्र लामिछाने, संवादतर्फ रामबाबु गुरुङ, छायाङ्कनतर्फ सञ्जय लामा र पुरुषोत्तम प्रधान, सम्पादनतर्फ सुरेन्द्र पौडेल, नृत्य निर्देशकतर्फ कविराज गहतराज, ध्वनि मिश्रणतर्फ अमित श्रेष्ठ, पाश्र्वसङ्गीततर्फ शैलेन्द्र श्रेष्ठ, द्वन्द्व निर्देशकतर्फ हिमाल केसी तथा शृङ्गारतर्फ निमा लामाले यस वर्षको कामना अवार्ड प्राप्त गरेका छन् ।
यसैगरी कीर्तिमय दीर्घ योगदान सम्मानबाट फिल्म निर्देशक लक्ष्मी शर्मा तथा वरिष्ठ ध्वनि ईन्जिनीयर डा. प्रदीप उपाध्याय सम्मानित भएका छन् । दुवै जनालाई जनही एक लाख रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै क्रिटिक्स अवार्डतर्फ सिजी क्रिटिक्स अवार्ड फर म्युजिकबाट राजेश पायल राई, सिजी क्रिटिक्स अवार्ड फर फेशनबाट प्रशान्त ताम्राकार र सिजी क्रिटिक्स अवार्ड फर थियटरबाट सरिता गिरी सम्मानित भएकी छन् ।

यसैगरी जुरीहरूका तर्फबाट दिइने जुरी अवार्ड निर्देशक उज्ज्वल घिमिरे र चलचित्र कबड्डीले प्राप्त गरे भने लक्स पपुलर च्वाइस अवार्ड अभिनेत्री प्रियंका कार्कीले प्राप्त गरिन् ।
उत्कृष्ट श्रृङ्गार : निमा लामा, प्रेमगीत
उत्कृष्ट साउण्ड डिजाइन: अनिश श्रेष्ठ, क्लासिक
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ड्रिम्स
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल, क्लासिक
उत्कृष्ट द्वन्द्व : हिमाल केसि, भैरव
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ड्रिम्स
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, पशुपतिप्रसाद
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट डेब्यु अभिनेत्री : साम्राज्ञ्यराज्यलक्ष्मी शाह
उत्कृष्ट डेब्यु अभिनेता : पल शाह, नाईनभन्नु ल ४
उत्कृष्ट पार्श्व गायिका : अन्जु पन्त, प्रेमगित
उत्कृष्ट पार्श्व गायक : सुगम पोखरेल, प्रेमगित
उत्कृष्ट कमेडी : विल्सन बिक्रम राई, अधकट्टी
उत्कृष्ट खलपात्र : विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार : कन्चन ठकुरी, बागमती
उत्कृष्ट नव निर्देशक : भुवन केसि, ड्रिम्स
उत्कृष्ट लिरिक्स : डा. कृष्णहरि बराल, प्रेमगित
उत्कृष्ट संगित : अर्जुन पोखरेल, प्रेमगित
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, क्लासिक
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, प्रेमगित
उत्कृष्ट अभिनेता : सौगात मल्ल, फन्को
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट फिल्म : पशुपतिप्रसाद
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४