अमेरिकामा भएको आगलागीमा ४० जनाको मृत्यु भएको आशंका
एजेन्सी, १९ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीमा परि कम्तिमा ४० जनाको मृत्यु भएको आशंका गरिएको छ । १२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको छ । उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । आगलागीमा धेरै मानिस फसेको अनुमान गरिएको सिएनएनले जनाएको छ ।
क्लालिफोर्नियाको अकल्याण्डमा शुक्रबार राति कन्सर्ट गर्ने क्रममा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । उनीहरुले ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर यो संख्या ४० पुग्ने बताएको खबरमा उल्लेख छ ।
आगलागी भएको भवनमा ५० देखि १ सय जना फसेका हुन सक्ने अग्नि नियन्त्रकले बताएका छन् । स्थानीय युवा र अरु विदेशी युवा भवन भित्र फसेका अग्नि नियन्त्रकले बताएका छन् । आगो लाग्नुको कारण भने खुलेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००