इंग्लिस प्रिमियर लिगमा आर्सनल र चेल्सी विजयी
एजेन्सी, १९ मंसिर । इंग्लिस प्रिमियर लिगका लगातार १३ खेलमा अराजित रहेको आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले वेष्ट ह्यामलाई ५–१ ले हराएर दोस्रो स्थानमा उक्लिएको हो ।
गएराति भएको खेलको २४ औं मिनेटमा ओजिलले गोल गरि आर्सनलले अग्रता लिएको थियो । सान्चेजले ७२, ८० र ८६ औं मिनेटमा गोल गरी १४ मिनेटको बिचमा ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि ८३ औं मिनेटमा काररोलले वेष्ट ह्यामका लागि एक गोल फर्काएका थिए ।
यस्तै सान्चेजले ह्याट्रिक पूरा गर्नु दुई मिनेट अघि चेम्बरलेनले आर्सनलका लागि एक गोल गरेका थिए ।
आर्सेन वेङगरको टिम आर्सल लिगका पछिल्ला १३ खेलमा अपराजित छ । उसको १४ खेलबाट ३१ अंक भएको छ र दोस्रो स्थानमा छ । आर्सनल शीर्ष स्थानको चेल्सी भन्दा तीन अंकले पछि छ ।
गएराति नै भएको अर्काे खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शिर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले ३ –१ गोल अन्तरले पराजित गरेको हो ।
इन्जुरी समयमा रातो कार्ड खाँदै सर्जियो अग्युरो र फर्नानडिन्हो बाहिरिए पछि ९ खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले ४५ औं मिनेटमा चेल्सीका ग्यारी काहिलले आत्मघाती गोल गर्दै दिलाएको अग्रता जोगाउन सकेन ।
पहिलो हाफमा आफ्नै गोलले १–० ले पछि परेको चेल्सीलाई जिताउन ६० औं मिनेटमा डिएगो कोस्टा, ७० औं मिनेटमा विलियन र ९० औं मिनेटमा इडन हजार्डले गोल गरे ।
जितपछि शीर्ष स्थानको चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने १४ खेलबाट ३० अंकसहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।