सरकार र डा. केसीबीच १२ बुँदे सहमति, डा के.सी.ले आज अनसन तोड्दै
काठमाडौं, १९ मंसिर । चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिन देखि अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.को अनसन आज तोडिने भएको छ । डा. के.सी.को माग सम्बोधनका लागि गठन भएको सरकारी वार्ता टोली र के.सी.पक्षका प्रतिनीधिविच भएको १२ बुदे सहमति पछि आज के.सी.को अनसन तोडिने भएको हो ।
उनीहरु विच भएको १२ बुदे सहमति पत्रमा डा के.सी.ले आज विहान ९ बजे पछि हस्ताक्षर गर्ने र अनसन तोड्ने बताइएको छ । के.सी.को त्रिवि उपकुलपतिको बर्खास्तीको मागमा उच्चस्तीय न्यायिक समिति बनाउने र सोको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ । समितिमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद् केदारभक्त माथेमा लगायत रहनु हुनेछ । डा. के.सी.को माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।
एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।