स्वरसम्राट नारायण गोपालको आज २६ औँ स्मृति दिवस

भक्तपुर न्यूज

१९ मंसिर २०७३ ५:५४

स्वरसम्राट नारायण गोपालको आज २६ औँ स्मृति दिवस

काठमाडौं, १९ मंसिर । स्वरसम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको आज २६ औँ स्मृति दिवस मनाईदैछ । स्मृति दिवसको अवसरमा महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गरिनुका साथै विभिन्न संघ–संस्थाले कार्यक्रमहरु गर्दैछन ।
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुर्पया छ, म त लालीगुराँस भएँछु वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु स्वर्गकी रानी, मायाकी खानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजयी गीतहरुबाट उनी अहिले पनि हरेक नेपालीको मनमुटुमा बस्न सफल रहेका छन् । उनले करिब एक हजारभन्दा बढी गीतमा स्वर दिएका छन् ।
उनले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार पाएका थिए । त्यस्तै २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोप्रान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार प्राप्त गरेका थिए । बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत भएका स्वरसम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो ।
नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *