राष्ट्रपति भण्डारीको आव्हानमा आज सर्वदलीय बैठक
काठमाडौं, १९ मंसिर । संविधान संशोधनको प्रस्तावपछि अझ राजनीतिक संकट बढीरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् ।
उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छिन् । सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रमा आन्दोलन सुरु भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
