मिनीबस दुर्घटना हुदाँ १८ जनाको मृत्यु

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ११:२५

मिनीबस दुर्घटना हुदाँ १८ जनाको मृत्यु

एजेन्सी, १७ मंसिर । चीनमा आज एक सवारी दुर्घटना हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । करिब २० यात्रु सवार रहेका उक्त मिनीबस चीनको मध्य प्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र एक तालमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सिसिटिभीले जनाएको छ ।
सडककिनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनीबस निकालेको सिसिटिभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको् छ । चीनमा सडक दुर्घटना एक साधारण घटनाको रुपमा हुने गरेको र सन् २०१३ मा भएका सडक दुर्घटनाहरुमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
तर यो सङ्ख्या सरकारी तथ्याङ्कभन्दा असाधारणरुपमा बढी भएको सरकारी तथ्याङ्क विभागका अधिकारीले बताएका थिए । गत वर्ष भएका सडक दुर्घटनामा चीनमा ५८ हजार २२ व्यक्तिको मृत्यु भएको थियो ।
गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५६ वटा सवारी साधान क्षतिग्रस्त भएको थियो । त्यसैगरी चीनको उत्तरी सहर तिआन्जीनमा गत जुलाइमा भएको सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *