नोबेल पुरस्कार विजेता सोयिन्काले ग्रिनकार्ड फाले
काठमाडौँ, १७ मंसिर ९एजेन्सी० स् डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि नोबेल पुरस्कार विजेता नाइजेरियन लेखक वोल सोयिन्काले ग्रिनकार्ड फालेका छन् ।
दक्षिण अफ्रिकामा एक शैक्षिक कार्यक्रममा नोबेल पुरस्कार विजेता सोयिन्काले ग्रिनकार्ड फालेको बताएको बीबीसीले जनाएको छ ।
अमरीकी राष्ट्रपतिको निर्वाचनताका सोयिन्काले ट्रम्प निर्वाचित भए अमेरिका छोडने घोषणा गरेका थिए । नाटककार, उपन्यासकार र कवि सोयिन्काले १९८६ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
त्यसपछि समय समयमा अमेरिकी विश्वविद्यालयमा अध्यापन गराउदै आएका सोयिन्काले चुनावअघि नै ट्रम्प विजयी भए ग्रिन कार्ड फालेर झोला कस्ने बताएका थिए । उनले आफू नाइजेरिया सरिसकेको संकेत पनि दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०