जेम्स म्याटिसलाई रक्षा मन्त्री नियुक्त गर्दै डोनाल्ड
एजेन्सी, १७ मंसिर । जनरल जेम्स म्याटिस अमेरिकाको नयाँ रक्षामन्त्री हुने भएका छन् । हालै राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले म्याटिसलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेको सिएनएनले जनाएको छ । ओहिओमा आयोजित ¥यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै ट्रम्पले यस्तो संकेत गरेका हुन् ।
म्याड डगको नामले चिनिने जनरल म्याटिस मध्य पूर्व राष्ट्र प्रति ओबामा प्रशासनको नीतिको आलोचकका रुपमा चिनिन्छ । उनले विशेषगरी इरान नीतिको खेलेर आलोचन गर्ने गरेका छन् । म्याटिस कडा रुपमा इरान प्रति अविश्वास तथा रणनीति सूझबुझका लागि परिचित छन् ।
मध्य पूर्वको शान्ति तथा स्थिरताका लागि इरान सबैभन्दा बढी खतरा रहेको म्याटिसको ठहर छ । सन् १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालियनको नेतृत्वमा रहका उनी सेवानिवृत्त हुन् । सन् २००१मा दक्षिणि अफगानिस्तानमा एक टास्क फोर्सको कमाण्ड संहालेका उनीसँग अमेरिकी केन्द्रीय कमाण्ड गरेको अनुभव समेत रहेको छ ।