नवलपरासीमा तेस्रो औद्योगिक व्यापार मेलाको तयारी तिब्र 

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ५:५१

नवलपरासीमा तेस्रो औद्योगिक व्यापार मेलाको तयारी तिब्र 

। रबिन्द्र यादव ।
नवलपरासी, १७ मंसिर । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्ररुपमा भैरहेको छ । आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रदर्शनी गर्ने उद्देश्यले यस औद्योगिक व्यापार मेलाको आयोजना गरिएको हो ।

1
जिल्लाका कृषिजन्य उपज बस्तु तथा धार्मिक एवं पर्यटकयि क्षेत्रहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरसम्म प्रचार प्रसारका उद्देश्यले मेला आयोजना गरिएको नवलपरासी उद्योग वाणिज्य संघले जनाएको छ । शान्ती समृद्ध उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको हो । यस मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापाले बताए । जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने र महत्वपुर्ण धार्मिक एवं पर्यटकिय क्षेत्र, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृहत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक समेत जिल्लामा भित्र्याउने मेलाका उद्देश्य रहेको उनले बताए ।

2
मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान, पोखरीहरुको निर्माण कार्य तिब्र रुपमा भैरहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए । उनले भगवान गौतम बुद्धको आमाको मायादेवि मन्दिरको आकारमा मेलाको मुल गेटमेलाको मुख्य आकर्षणको रुपमा रहने छ भने मेलामा सूचना प्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृतिक, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान लगायतमेलाका आकर्षणको रुपमा रहने बताए । जिल्लाको समग्र आर्थिक, विकासका लागि जिल्लाको कृषि एवं उद्योगका उत्पादित बस्तहरुको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्याउने मेलाको लक्ष्य बोकेको संघका महासचिव गिरीराज पाण्डेयले बताए ।
मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परिकार, खेलौना, अटोमोबाईल, औषधीजन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा सामाग्री, कृषि उत्पादनहरु, पर्यटन सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने उनले जानकारी दिए ।

3
मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन मिलाइएको छ । मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघले अनुमान गरेको छ ।

4


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *