आज पनि एमालेले संसद् बैठक अवरुद्ध गर्ने
काठमाडौं, १७ मंसिर । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाईएको छ । आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गर्नुभएको महाभियोग प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
राष्ट्रिय हित विपरित संशोधन विधेयक ल्याएको भन्दै प्रतिपक्षी दल एमालेले विधेयक नै टेबल हुन नदिने बताउदै आएको छ । यसअघि हिजोको संसद बैठक पनि एमाले सांसदहरुको अवरोधका कारण स्थगित गरेको थियो । एमालेसहित संशोधनको विपक्षमा रहेका राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेमकिपा लगायतका दलले विरोध जनाएपछि संसदको काम कारबाही प्रभावित भएको छ ।