भक्तपुरमा क्याष्ट्रोको शोकसभा
भक्तपुर, १६ मंसिर । साम्राज्यवादविरोधी संघर्षका अथक योद्धा फिडेल क्याष्ट्रोको निधनमा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको आयोजनामा आज भक्तपुरमा शोकसभा सम्पन्न भएको छ ।
सभामा नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय अध्यक्ष एवं सांसद डिल्ली काफ्लेले क्याष्ट्रो अमेरिकी साम्राज्यवादको सामू नझुकी स्वाधिन राष्ट्र निर्माण गर्ने क्रान्तिकारी नेता भएको बताए । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले क्याष्ट्रो मरेपनि उनले बोकेको विचार संसारका शोषित पीडित जनताले बचाइराख्ने खालको भएको बताए । सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठ, नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सचिव विकल प्रजापतिले उनको योगदानको बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:५६