यसवर्षको नारायण गोपाल सम्मान गायिका मीरा र ज्ञानुलाई दिइने

भक्तपुर न्यूज

१६ मंसिर २०७३ ७:१०

यसवर्षको नारायण गोपाल सम्मान गायिका मीरा र ज्ञानुलाई दिइने

काठमाडौँ, १६ मंसिर । नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई नारायण गोपाल स्मृति सम्मान प्रदान गर्ने भएको छ । उक्त सम्मानस्वरुप नगद रु २५/२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आउनुभएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।
गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिनुभयो । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाउनुभएको छ । नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *