संविधान संशोधन प्रस्तावविरुद्धमा विभिन्न जिल्ला विरोध

भक्तपुर न्यूज

१६ मंसिर २०७३ ५:३६

संविधान संशोधन प्रस्तावविरुद्धमा विभिन्न जिल्ला विरोध

काठमाडौं, १६ मंसिर । सरकारले पाँच नम्बर प्रदेश टुक्राउन संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको विरोधमा आज पनि चार र पाँच नम्बर प्रदेशका बिभिन्न जिल्लामा विहानैदेखि विरोध प्रदर्शन भएका छन ।
सरकारले स्थानीयको भावना विपरित प्रदेश टुक्राउने प्रस्ताव ल्याएको भन्दै राजनीतिक दलको अगुबाइमा विरोध प्रदर्शन भएको हो । बुटवलमा हिजोदेखि नै राजनीतिक दलले अनिश्चितकालिन बन्द घोषणा गरेर प्रदर्शन जारी राखेका छन । पाल्पामा पनि आज बन्द घोषणा गरिएको छ । अर्घाखाँचीमा पनि विहानैदेखि प्रदर्शन भएको छ । जसअनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु रुकुमको पूर्वी भाग, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पालाई चार नम्बर प्रदेशमा राखिएपछि स्थानीयले त्यसमा असन्तुष्टि जनाएका हुन । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोक्ने चेतावनि आन्दोलनकारीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *