म्यानचेस्टर युनाइटेड र साउथह्यामप्टन इफएलकपको सेमिफाइनलमा प्रवेश
एजेन्सी, १६ मंसिर । म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराती भएको खेलमा वेष्ट ह्यामलाई चार एकले हराएर म्यानसिटीले अन्तिम चारमा ठाँउ बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन जाल्टन इब्राहिमोविच र एन्थोनी मार्सलले दुई–दुई गोल गरे । वेष्ट ह्यामका लागि एसले फ्लेचरले एक गोल फर्काए । इब्राहिमोविचले दोस्रो मिनेटमा नै गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । तर ३५ औं मिनेटमा वेष्ट ह्यामका फ्लेचरले गोल गरेपछि पहिलो हाफमा एक एकको बराबरी भयो । ४८ र ६२ औं मिनेटमा मार्सलले गोल गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए । इन्जुरी समयमा इब्राहिमोविचले गोल गरेपछि म्यानचेस्टर युनाइटेड चार एकले विजयी भयो ।
अर्को खेलमा आर्सलनलाई हराउँदै साउथह्यामप्टन पनि सेमिफाइनलमा पुगेको छ । साउथह्यामप्टनले आर्सनललाई दुई शुन्यले हराएको हो । साउथह्यामप्टनको जितमा १३ औं मिनेटमा जोर्डी क्लासी र रायन बट्र्रेन्डले ३८ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । एलेक्स सान्चेज, थियो वालकोट, ओलिभर जिरउड तथा मेसुट ओजिल बिना खेलेको आर्सनलले त्यसको मूल्य चुकाउनु परेको छ । साउथह्यामप्टन सन १९८७ यता पहिलो पटक इएफएल कपको सेमिफाइनलमा पुगेको हो ।