आज विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैँ

भक्तपुर न्यूज

१६ मंसिर २०७३ ५:००

आज विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैँ

काठमाडौ, १६ मंसिर । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस हो । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व एड्स दिवस मनाइदैँ छ । हामी सबैको काम, एचआईभीको रोकथाम भन्ने नाराका साथ आज विश्व एड्स दिवस मनाउन लागिएको हो ।
एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउनुका साथै एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने र एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।
एचआइभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाकालागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो ।
आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गरि उनीहरुको सम्झना गरिनुका साथै विभिन्न जनचेतनामुलक कार्यक्रम गरिन्छ । पछिल्लो समय नेपालमा एचआईभी एड्सको सङ्क्रमण घट्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *