म्यूजिक भिडियोमार्फत पाकिस्तानी चायवाला अर्शद खानको फेरि चर्चा
एजेन्सी, १५ मंसिर । सामाजिक संजालबाट रातारात चर्चित भएका पाकिस्तानी चायवाला अर्शद खानको फेरि चर्चा चुलिएका छन् । अनलाइन सपिङका लागि मोडलिङ गरिसकेका अर्शद खानले म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । उनमै समर्पित गीत चायवालाको म्यूजिक भिडियामा खानले अभिनय गरेका छन् ।
उस्माइस खानको निर्देशन रहेको उक्त भिडियोमा पाकिस्तानी ब्यान्ड लील माफिया मन्डीरको संगीत रहेको छ ।
केही समय अघि पाकिस्तानी १८ वर्षीय चायावाला सामाजिक संञ्जालमा पोस्ट भएको एक तस्बीरका कारण रातारात चर्चामा आएका थिए । चर्चा चुलिएपछि उनलाई विभिन्न स्थानबाट मोडलिङ्क लागि अफर आएको थियो ।
https://www.youtube.com/watch?v=XPNAtdQOa6U&feature=youtu.be
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
