सलमान खानले ५ महिने एक नाबालकको ज्यान बचाए
एजेन्सी, १५ मंसिर । बलिउडका सुपर स्टार सलमान खानले ५ महिने एक नाबालकको ज्यान बचाएका छन् । उक्त ५ महिने बालककी आमाको गर्भवती भएको समयमा मृत्यु भएको थियो । सँधैजसो दुःखीलाई सहयोग गरेर वास्तविक नायक बनेका सलमानले उक्त बच्चालाई बचाउनका लागि एक करोड रुपैयाँ भारु खर्च गरेको भारतीय संचार माध्यमले जनाएका छन् । अहिले ति नाबालकको हर्ट सर्जरी भईसकेको छ ।
रील र रियल लाईफमा उस्तै रहेका सलमान खानले यस्तै दिन दुःखीको सहयोगका लागि सन् २००७ मा विग ह्यूमन नामक संस्था स्थापना गरेका थिए । जुन संस्थाबाट लाखौँ पिडीतले सहयोग पाएका छन् । सलमानले विग ह्यूमन नामक संस्था मार्फत बाल बच्चाको स्वास्थ्य, शिक्षा, हर्ट सर्जरी लगाएत तमाम रोगीको सेवा गर्न करिब ५० करोड भन्दा बढि भारतीय रुपैयाँ खर्च गरिसकेका छन् । जसमा एक हजार भन्दा बढिको हर्ट सर्जरी गरेको तथ्याकमा उल्लेख गरिएको छ ।