संविधान संशोधनमा धारणा बनाउन मधेशी मोर्चाको बैठक बस्दै
काठमाडौं, १५ मंसिर । सरकारले हिजो संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरे सँगै त्यसबारे धारणा बनाउन मधेसी मोर्चाको बैठक आज बस्दैछ । बैठक तीन बजे तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बोलाइएको हो ।
संविधान जारी भएसँगै असन्तुष्ट रहेको मोर्चा संविधान संशोधनका लागि आन्दोलनमा उत्रिएको थियो । मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछिमात्र समर्थन गर्ने नगर्ने जनाउँदै आएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७