माओवादी पोलिटब्युरो बैठक आजपनि बस्दै

भक्तपुर न्यूज

१५ मंसिर २०७३ ५:३२

माओवादी पोलिटब्युरो बैठक आजपनि बस्दै

काठमाडौं, १५ मंसिर । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक आजपनि बस्दैछ । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे थप रणनिति तय गर्न पेरिसडाँडास्थित पार्टी मूख्यालयमा विहान ११ बजेपछि बोलाइएको हो ।
गत शनिबारदेखि सुरु भएको संविधान संशोधन प्रक्रिया र सहमतिका लागि अन्य दलहरुसँग भइरहेको प्रयासका सम्बन्धमा छलफल भइरहेको छ । आजको बैठकमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनितिक परस्थितिबारे समिक्षा हुने माओवादी केन्द्रले जनाएको छ । सरकारले गएराति साढे ९ बजे व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *