मासु खरिद गर्दा सजग रहौं

भक्तपुर न्यूज

१४ मंसिर २०७३ ७:५९

मासु खरिद गर्दा सजग रहौं

भक्तपुर १४ मंसिर । भक्तपुरमा मंसिर महिनाको आगमनसँगै मासुको खपत पनि त्यत्तिकै बढेको छ । प्रत्येक चोकचोकमा मासुको व्यापार गर्नेहरूको भिड देख्न सकिन्छ । यसरी चोकचोकमा बिक्रीका लागि राखिएका मासु खानु स्वास्थ्यको दृष्टिकोणले कत्तिको उपयुक्त हो यो प्रश्न आज सर्वत्र छरिएको छ ।
त्यसो त भक्तपुरमा बधशाला नहुँदा सर्वसाधारणहरू सडक पेटीमा बिक्रीका लागि राखिएका मासु खान बाध्य भएका छन् । जिल्ला पशुसेवा कार्यालय २०६९ सालभित्र भक्तपुरका दुई स्थानमा बधशाला बनाउने भनि घोषणा गरिसके पनि सोको कार्यान्वय अहिलेसम्म नहुनुले भने सरकारको नीति माथि नै प्रश्न चिन्न उठ्न थालेको छ । सडकमा जथाभावी अव्यवस्थित मासु पसल सञ्चालन गर्दा चाडपर्वको समयमा बढी मासु खपत हुने र यसले सर्वसाधारणलाई झन् रोगी बनाउनेमा कुनै दुई मत छैन । जथाभावी बिक्रीका लागि राखिएको मासु पसललाई व्यवस्थित गर्नका लागि भने बधशालाको व्यवस्थित गर्नुपर्नेमा कुनै शंका छैन ।
निर्माणाधिन बधशालालाई निर्माण नगर्दा अहिले भक्तपुरका सर्वसाधारण अव्यवस्थित मासु खान बाध्य भएको गुनासो गर्छिन् मासु खरिद गर्नका लागि आएका स्थानीय उर्मिला शाक्य । उनी भन्छिन्, मासु नकिनौं भने पनि भएन किनौं भने सडक पेटीमा अव्यवस्थित रुपमा राखिएको मासु पसल हेर्दा मासु खान नै मन लाग्दैन । भक्तपुरको च्याम्हासिंह, कमलविनायक, व्यासी, दूधपाटी, सल्लाघारी, सूर्यविनायक लगायतका अधिकांश स्थानमा अव्यवस्थित रुपमा मासु पसल बिक्रीका लागि राखिएको छ । यसरी अव्यवस्थित रुपमा राखिएको मासु पसलबाट मासु खरिद गरी खाँदा विभिन्न रोग लाग्न सक्ने सम्भावना पनि त्यत्तिकै भएको उनको ठम्याई छ ।
भक्तपुरको जगातीमा मासु खरिदका लागि लाइन लागेर बसेका स्थानीय देबेन्द्र हाछेथु पनि भक्तपुरबासी सडक पेटीमा राखिएको मासु खान बाध्य भएको बताउँछन् । उनी भन्छन्, मासु खरिद नगरौं खरिदका लागि कहाँ जाने, खरिद गरौं जताजतै सबै मासु फोहोर अव्यवस्थित मात्र देखिन्छ । यस्ता मासुले विविध रोगहरू लाग्न सक्ने भन्दै यसबाट बच्नुपर्ने आवश्यकता उनले औंल्याए । भक्तपुरको बधशाला नहुँदा अव्यवस्थित रुपमा मासु पसल बिक्रीका लागि राखिएको जिल्ला पशुसेवा कार्यालयले पनि स्वीकार गरेको छ । कार्यालयका अनुसार भक्तपुरमा सरकारले दुई वर्ष अगाडी नै बधशाला बनाउने तयारी गरे पनि सो कार्यलाई निरन्तरता दिन नसकिँदा अहिले भक्तपुर बासी मासु खान बाध्य भएको उनको भनाइ छ ।
यस वर्ष भने बधशालालाई व्यवस्थित निर्माण गर्न आफूले पहल गर्ने भन्दै सरोकारवालाहरू सबैले यस विषयलाई गम्भिर भएर सोच्ने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *