चक्कु आक्रमणमा ११ अमेरेकि घाइते
१४ मंसिर, काठमाडौं । अमेरिकामा एक व्यक्तिले चलाएको चक्कुका कारण ११ जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार ओयाहो विश्वविद्यालय क्षेत्रमा चक्कु प्रहार गर्ने सोमालियाली छात्र थिए । जसको उमेर २० वर्षको थियो ।
समाचारहरुका अनुसार ती छात्रले आफ्नो कार सडकपेटीमा चढाए र त्यहाँबाट उत्रिएपछि बाटोमा हिड्ने व्यक्तिमाथि अन्धाधुन्ध चाकू प्रहार गरे । उनको प्रहरी कारबाहीमा मृत्यु भएको छ । अमेरिकाको ओहायो राज्यको राजधानी कोलम्बसस्थित ओयाहो विश्वविद्यालयमा यो घटना भएको हो ।
एनबीसी समाचारका कानून प्रवर्तन अधिकारीले हमलाबर सोमालियाली शरणाथर्गी भएको र कानूनी रुपमा अमेरिकाको स्थायी बासिन्दा भएको बताए । प्रहरी प्रमुख किम ज्याक्सनले उक्त हमला चरमपन्थी भए नभएको अनुसन्धा भइरहेको बताए । घटनाका प्रत्यक्षदर्शीले तीनवटा गोली चलेको आवाज सुनेको बताए । ओहायो विश्वविद्यालयमा करिब साठ्ठी हजार विद्यार्थी अध्ययन गर्छन् ।