नेपालले दोस्रो खेल पनि हार्यो
काठमाडौं, १३ मंसिर । थाइल्याण्डमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा पनि नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २४ रनको सामान्य लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
श्रीलंकाको जितमा कप्तान हसिनी परेराले अविजित १७ र यशोधा मेण्डिसले ४ रन जोडिन् । बलिङमा नेपाली कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २३ रनमा अलआउट भएको थियो। नेपालका लागि ओपनर ज्योती पाण्डेले सर्वाधिक १६ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। अर्का ओपनर सिता मगर ४ तथा कप्ता रुबिना क्षेत्री १ रन बनाएर आउट भए। नेपालका ७ खेलाडीले खाता समेत नेखोली अाउट भएका थिए। नेपालको इनिङ ध्वस्त पार्न श्रीलंकाका लागि इनोका रणभीरा र सुगान्धिका कुमारीले समान तीन तीन विकेट लिएका थिए ।
एशिया कप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।