संविधान संशोधन प्रस्ताव अनिश्चित

भक्तपुर न्यूज

१३ मंसिर २०७३ ८:२७

संविधान संशोधन प्रस्ताव अनिश्चित

काठमाडौ १३,मंसिर। सोमबार मन्त्रिपरिषद् बैठक बस्ने अनिश्चिततासँगै संविधान संशोधन प्रस्ताव दर्ता पनि अनिश्चित बनेको छ। आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकको सूचना दिउँसोसम्म मन्त्रीलेहरुले पाएका छैनन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तिम समयमा प्रस्ताव दर्ता गर्ने निर्णय आजका लागि सारको थियो।

सोमबार बैठक बसी संविधान संशोधन प्रस्ताव दर्ताबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म बठैक बस्ने कुनै छेकछन्द देखिएको छैन । मधेसी मोर्चाले संशोधन प्रस्तावमा भोट हाल्ने र चुनावमा जाने सहमति नजनाएसम्म संशोधन प्रस्ताव दर्ताको कुनै औचित्य नहुरको चर्चा चलिरहेको एक नेताले बताए।
मोर्चाले सहमति जनाएन भने मनत्रिपरिषद् बैठक बसेपनि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय नहुने कानुन मन्त्री अजय शंकर नायकले बताए। उनले मधेसी मोर्चासँग सहमति कायम गर्न नै अन्तिम समयमा हिजो मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय नगरेको बताए। ‘सहमतिका लागि विभिन्न पक्षसँग वार्ता भइरहेको छ’, मन्त्री नायकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *