ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु
जनकपुर, मंसिर १३ । जनकपुरको भ्रमरपुराचोकमा आज बिहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ज ६ प ९३२८ नम्बरको मोटरसाइकललाई भारतीय नम्बरको बालुवा बोकेको ट्रिपरले ठक्कर दिएको हो ।
ट्रिपरको ठक्करबाट जनकपुर उपमहानगरपालिका–८ की प्रतिभा झाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक सत्रुधन यादव घाइते भएका छन् ।
दुर्घटनापछि आक्रोशित गाउँलेले भ्रमरपुराचोकमा टायरबालेर प्रदर्शन गर्दै केही बेर यातायात बन्द गएका थिए । ठक्कर दिने ट्रिपर र चालकलाई जिरोमाइल प्रहरीचौकीले पक्राउ गरेको छ । प्रतिभा झाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३