अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु, ९ घाइते
एजेन्सी, १३ मंसिर । अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने अन्य ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो । घटनामा २५ वर्षका एक युवाको ज्यान गएको छ । घाइते भएका ९ जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । चार जनाको भने उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०