अमेरिकाका मस्जिदलाई धम्कीपूर्ण चिठ्ठी
एजेन्सी १३ मंसिर, । अमेरिकी मुसलमानको एक संगठनका अनुसार क्यालिफोर्नियाको तीन मस्जिदमा धम्की पूर्ण पत्र आएको छ ।चिठ्ठीमा मुसलमानलाई ‘निच र नराम्रो’ भनिएको छ । र, उनीहरुलाई अमेरिका छोड्न भनिएको छ ।
घृणा भरिएको उक्त पत्रमा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पको तारिफ गरिएको छ । र, पत्रमा भनिएको छ की ट्रम्पले अमेरिकालाई सफा गर्ने छन् । काउन्सिल अफ अमेरिकन इस्लामिक रिलेशन्सले पत्रका विषमा प्रहरी अनुसन्धानको माग गरेको छ । परिषदले यसलाई धार्मिक समुदायमा डर पैदा गर्ने कोशिश भएको जनाएको छ ।
अफ्नो चुनावी प्रचारका क्रममा ट्रम्पले मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउन सुझाव दिएका थिए ।ट्रम्पले जब सम्म धेरैजसो मुसलमान अमेरिका विरुद्धको हिंसाको समर्थन गर्छन तवसम्म मुसलमानलाई अमेरिका प्रवेशमा रोक लगाउन पर्ने बताएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३