सेयर बजारमा आज पनि लाग्यो सर्किट ब्रेक
नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज दोस्रो दिन पनि सर्किट ब्रेक लागेकोछ । कारोबार सुरु भएको ४० मिनेटको समयमा नेप्से ३ प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५.३१ मा झर्दा सर्किट ब्रेक लगाउनु परेको हो । आज कारोबार सुरु भएको पहिलो ४० मिनेटसम्ममा १४ करोड ३० लाख बराबरको मात्र सेयर किनबेच भएको छ ।
आज सबै कम्पनीका सेयर मूल्य उच्च अंकले घटेका छन् । नेपाल स्टक एक्सचेन्जले आईतबार तीब्र रुपमा सेयर बजार झरेपछि नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो तर पनि सो आग्रहको आज कुनै असर बजारमा देखिएको छैन । सेयर बजार लगातार झर्दा लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न थालेका छन् । तर आत्तिनुभन्दा बुद्धिमानी पूर्वक होल्ड गरेर बस्नु आवश्यक देखिन्छ । हिजो आईतबार नेप्सेमा सेयर कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले सेयर बजार खस्किएपछि सर्किट ब्रेक लगाउनु परेको थियो । त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८