बार्सिलोना र रियल सोसिडाडबीचको खेल बराबरीमा रोकियो
एजेन्सी, १३ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलाना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदान एनोएटा स्टेडियममा भएको खेलमा सोसिडाडले ५३ औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको थियो । ६ मिनेटपछि नै लिओनल मेस्सीले बराबरी गोल फर्काए । खेल अवधीभर दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
यो खेलसँगै बार्सिलोनाको १३ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । रियल म्याड्रिडको ३३ अंकको साथ शीर्षस्थानमा छ भने तेस्रो स्थानमा रहेको सभिल्लाको २७ अंक छ । इएल क्लासिको अघिसम्म लिग लिडर रियल मड्रिड भन्दा ६ अंकले पछाडि रह्यो । बार्सिलोनाले आउँदो शनिबार रियल म्याड्रिडसँग खेल्दैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५