अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु
एजेन्सी, १२ मंसिर । अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आज जनाएको छ ।
एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीका क्रममा मारिएका छन्, मन्त्रालयले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ ।
पछिल्ला केही दिन यता तालिवानी विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासस्वरुप गतिविधिलाई बढाएपछि अफगानी सुरक्षाकर्मीले पनि प्रतिवाद गर्दै तालिवान विरुद्धको कारवाहीलाई शसक्त बनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
