अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु
एजेन्सी, १२ मंसिर । अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आज जनाएको छ ।
एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीका क्रममा मारिएका छन्, मन्त्रालयले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ ।
पछिल्ला केही दिन यता तालिवानी विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासस्वरुप गतिविधिलाई बढाएपछि अफगानी सुरक्षाकर्मीले पनि प्रतिवाद गर्दै तालिवान विरुद्धको कारवाहीलाई शसक्त बनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ १४:१३