राप्रपा संसदीय दलको नेतामा थापा र उपनेतामा बोहरा
काठमाडौं, १२ मंसिर । राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिएका छन् । सिंहदरबारमा आइतबार बसेको संसदीय दलको बैठकबाट उनीहरु दलको नेता र उपनेतामा चयन भएका हुन् ।
सांसद दीपक बोहराको प्रस्तावमा थापा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । त्यस्तै संसदीय दलको नेता कमल थापाले दीपक बोहरालाई उपनेतामा प्रस्ताव गरे र सर्वसम्मतले बोहरा उपनेता चुनिए । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम राप्रपा राखिएको छ । एकतापछि राप्रपाको संसदमा ३७ सिट भएको छ ।
त्यसैगरी संसदीय दलको बैठकले दुई पार्टीबीच एकीकरण भएपछि संसदीय दलको विधान संशोधन गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ । सांसद विक्रम पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३