चलचित्र डायरीको टिजर सार्वजनिक (टिजर सहित)
काठमाडौं, १२ मंसिर । चलचित्र डायरीको टिजर रिलिज भएको छ । चलचित्रमा नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ । चलचित्रको टिजरमा नायिका रेखा थापालाई पूर्ण रुपमा खलपात्रको रुपमा देखाइएको छ, जुन दर्शकका लागि नयाँ स्वाद हुनसक्छ । नोभेम्बर रेनकी डल्ली छुल्ठिम यसमा पनि चुलबुले यूवतीको रुपमा देखिएकी छिन् ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस चलचित्रलाई आवरण चलचित्र मार्फत निर्माताको रुपमा रजतपटमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् ।
चलचित्रमा दीनेश डीसी, विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा छेतेन गुरुङको कथा, शिवराम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्रमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३