अपराजित लिभरपुल दोस्रो स्थानमा
एजेन्सी, १२ मंसिर । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित अझै कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सन्डरल्याण्डलाई २–० ले हराउँदै ११ खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
खेलको ७५ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । इन्जुरी समयमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै जेम्स मिल्नरले लिभरपुललाई २–० को जित दिलाएका थिए ।
लिगको ११ सहित लिभरपुल सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित छ । गएरातिको खेलपछि अंक तालिकामा लिभरपुलको १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल शीर्ष स्थानको चेल्सी भन्दा एक अंकले पछि छ । समान खेलबाट समान अंक पाएको म्यान्चेष्टर सीटी तेस्रो स्थानमा छ । आर्सनल चौथो र टोटनह्याम पाँचौ स्थानमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०