रियल मड्रिडले शीर्ष स्थानमा अग्रता बढायो
एजेन्सी, १२ मंसिर । स्पोर्टिङ गिजोनलाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले स्पोटिङ गिजोनलाई २–१ गोल अन्तरले हराएर शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको हो ।
रियलका लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका थिए । घरेलु मैदानमा भएको खेलमा रियलले १८ औं मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । पाँचौं मिनेटमा नै रोनाल्डोले पेनाल्टी गोल गरे । उनले नै १८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
तर, स्पेटिङ गिजोनले हार मानेन । ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गरे । र, पहिलो हाफ २–१ मा सकियो । खेल सकिन १३ मिनेट बाँकी छँदा भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो । तर, गोल गर्न सकेन ।
गएरातिको जितसँगै शीर्ष स्थानको रियल मड्रिडको १३ खेलबाट ३३ अंक भएको छ । यस्तै दोस्रो स्थानको सेभिल्लाको २७ अंक छ । यस्तै एक खेल कम खेलेको बार्सिलोना रियल मड्रिड बार्सिलोना भन्दा सात अंकले पछि तेस्रो स्थानमा छ । बार्सिलोनाको २६ अंक छ ।