विश्व कम्युनिष्टका कमाण्डरलाइ बरबर तानाशाह भने ट्रम्पले

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ६:३८

विश्व कम्युनिष्टका कमाण्डरलाइ बरबर तानाशाह भने ट्रम्पले

एजेन्सी, १२ मंसिर । नब्बे वर्षको उमेरमा निधन भएका क्यूबाका पूर्व नेता फिडेल काष्ट्रोलाई अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले एक बर्बर तानाशाहको संज्ञा दिएका छन । एक वक्तव्य जारी गर्दै जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले अब क्युबालीहरु स्वतन्त्र भविष्य तर्फ लम्कने आशा व्यक्त गरेका छन् ।
ट्रम्पले क्युबा अझै पनि एक सर्वसत्तावादी टापु रहेको भन्दै अब क्युबाली जनताले स्वतन्त्र भविष्यतर्फ पाइला चाल्ने विश्वास ब्यक्त गरेका छन । अमेरिकाले क्युबासँगको सम्बन्ध सन् १९६१ मा शीतयुद्धकालीन तनावका माझ तोडेको थियो । क्युबामाथि उसले लगाएको कडा आर्थिक प्रतिबन्ध आधा शताब्दीभन्दा धेरै समय गुज्रिसक्दापनि जारी छ ।
राष्ट्रपति बराक ओबामाको कार्यकालमा दुई देशबीच सम्बन्ध केही सुधार हुन थालेको थियो । तर ट्रम्पले चुनावी अभियान ताका ओबामाको क्युबा नीतिको खुलेर आलोचना गरेका थिए ।
पछिल्लो वक्तव्यमा ट्रम्पले यसअघि आफुले वाचा गरेजस्तो सम्बन्ध सुधारका प्रयास उल्टायाइदिने बारे केही उल्लेख गरेका छैन् । यसबीच राष्ट्रपति ओबामाले चाहीं काष्ट्रोको प्रभाव र कार्यलाई इतिहासले जाँच्ने भन्दै यो घडीमा अमेरिकाले क्युबाली जनतासमक्ष मित्रताको हात अघि बढाउन चाहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *