डोटी दुर्घटनामा दुईको मृत्यु

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ६:२७

डोटी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, १२ मंसिर । डोटीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । हिजो साँझ से १ ज ७४७ नम्बरको जन्ती बोकेको जीप डोटी लाटामाण्डौको उजेली गाउँ नजिकैको देवलमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा लाटामाण्डौ–२ का ३० वर्षका वीरी ताम्राकार र जिजोडामाण्डौ–८ का गोरीशंकर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
घाईते मध्ये दुई जनाको अबस्था गम्भीर भएको र जसमध्ये लाटामाण्डौ २ बस्ने बर्ष १२ को सुरेश कुँवरको टाउकोमा चोट लागेकाले उपचारका लागि भारतको बरेली पठाइएको र जिजोडामाडौ २ बस्ने बर्ष २८ का तारा नेपालीको कैलाको अत्तरीया स्थित पद्यमा अस्पालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
घाईतेमध्ये ११ जनाको उपक्षेत्रीय टिम हस्पीटल डडेल्धुरा र ८ जनाको दिपायलको राजपुर स्थित सुजंग अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटना पछि जिप चालक कुटे लुहार फ्राहार रहेको प्रहरीले जनाएकोे छ । स्थानियका अनुसार गाडीमा क्षमतमा भन्दा बढी यात्रु भएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *