राप्रपाको संसदीय दलको बैठक बस्दै

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ५:४५

राप्रपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ । पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्नेछ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउएका छन। पार्टी एकीकरणपछि राप्रपा संसदमा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *