भक्तपुरमा वनको अवैध टहरा हटाउने काम नाटक जस्तै

भक्तपुर न्यूज

११ मंसिर २०७३ ७:१६

भक्तपुरमा वनको अवैध टहरा हटाउने काम नाटक जस्तै

भक्तपुरको पाइलट बाबा आश्रमको आसपासमा केही समय अघि बन अतिक्रमण गर निमार्ण गरिएको टहरा वन कार्यालयले हटाएता पनि फेर वन अतिक्रण गरि टहरा निमार्ण गरिएको छ ।
अनन्तलिंगेश्वर १३, गुन्डु क्षेत्र वन अतिक्रमण गरि टहराहरु निमार्ण बढ्दै जाँदा सरोकारवालाहरु चुप चाप रहेकाछन् । जेठमा जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीको रोहरबरमा वन अतिक्रमण गरी निर्माण गरिएका १६ टहरा हटाएको अभियनय गरेता पनि हाल टहरा निमार्णले तिव्रता पाउँदा कसैको ध्यान जान नसकेको एक स्थानियले बताए ।
सरकारले राष्ट्रिय प्राणी उद्यान निमार्ण गर्ने जनाएसँगै वन अतिक्रण गरि निमार्ण भएका यस्ता टहरा हटाउँदै भक्तपु जिल्लामा रहेका सडक र वन अतिक्रमण गरि बनाएको टहरा हटाउने जनाएको वन कार्यालयले अन्यत्र कुनै काम गर्न नसकिरहेका बेला फेरी सोही स्थनमा टहरा निमार्णको कामले तिब्रता पाएको हो ।
सडक र वन अतिक्रमण गर्ने क्रम रोकिएको छैन । असारमा शिलान्यास भइसकेको राष्ट्रिय प्राणी उद्यानअन्तर्गतका सेतीदेवी सामुदायिक वन र मन्थली सामुदायिक वनमा पर्ने पाइलट बाबा आश्रमवरिपरीको सडक र वन क्षेत्र अतिक्रमण भएका हुन् ।
पछिल्लो समय आन्तरिक तथा बाहय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आएको पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, रानीकोटगढीवरपर टहरा निर्माण गरी व्यापार गर्ने को संख्यामा बृद्धि हुन सकारात्म भएता पनि बन र सडक अतिक्रण गरि टहरा निमार्ण गर्नु गलत भएको यस क्षेत्रलाइ आधार बनाई ब्यवसाय गरिरहेका हरु बताउँछन् ।
सूर्य्विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिशरण बस्नेतले भन्छन् उद्यान निर्माणका लागि सीमांकनको काम भइरहेको अवस्थामा वनका दाउरा काट्नेसम्मको काम रोक्न आवश्यक छ,’ यसरी अवैघ टहरा निमार्ण गर्न मिल्दैन ।
भक्तपुर सूर्य्विनायक चोकबाट करिब ४ किमिको दूरीमा पाइलट बाबा आश्रम छ । यहाँ आउने भक्तजन तथा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । भक्तपुर, ललितपुर र काभ्रेको सीमामा पर्ने ऐतिहासिक रानीकोट गढी, घ्याम्पेडाँडा, काभ्रेको मानेदोभान, ललितपुरको कुसादेवी, लाकुरी भञ्ज्याङ र लुभु लामाटार जान सकिने उक्त सडक वरिपरि २० भन्दा बढी टहरा अनधिकृत रूपमा निर्माण भएको स्थानीय प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार वन र सडक अतिक्रमण गरी बनाइएका टहरामा किराना पसल सञ्चालन भइरहेका छन् । ‘एकपटक प्रशासनले डोजर ल्याएर टहरा भत्काउँदासमेत अटेर गरी पुनस् टहरा निर्माण भइरहेका छन्,’ उनले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत भक्तपुरका ७ सामुदायिक वनको २ सय ४५ दशमलव १६५ हेक्टर वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यानका लागि सीमांकन तथा तारबारको कार्य भइरहेको छ । ‘राष्ट्रिय प्राणी उद्यान निर्माणका लागि नक्सांकन, सीमांकन तथा तारबारको काम भइरहेको छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले भने, ‘उद्यानको भवन निर्माणको कार्य अघि बढाउने तरखरमा लागेका छौं ।’ नक्सा भित्र परेकाको विस्तृत अध्ययन हुने र अवैध रूपमा बनेका टहरा हटाइने खडकाले बताए ।
जिल्ला वन अधिकृत फणिन्द्र पोखरेलले भने वन अतिक्रमित क्षेत्र निकुञ्ज क्षेत्र भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयुक्त पहलमा तत्कालै टहरा हटाउने छ । उनले बिगतमा समेत यसरी अनाधिकृत रुपमा निमार्ण भएका टहार हटाएता पनि फेरी निमार्ण भएको भने जानकारीमा नआएको बताए । यदि यसो भएको भए तत्कालै वन कार्यालयले प्रक्रिया अघि बढाएर तत्काल टहरा हटाइने छ ।
यस्तै जिल्लाको नगरकोट र नाल्दुमको दायाँबायाँ बनेका सडक र वनको जग्गा अतिक्रमण गरी बनाइएका संरचना गत महिना हटाउने निर्णय भए पनि अझैसम्म हटाउन सकिएको छैन । नगरकोट र नाल्दुम क्षेत्रभित्र बनेका संरचना हटाउन भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारी, जिल्ला वन अधिकृतसँग समन्वयको काम भइरहेको जिल्ला वन अधिकृत पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *