मध्यपुर नपाले पाएको दमकल सञ्चालन गर्न नसकेपछि हस्तान्तरण
मध्यपुर नगरपालिकाले लामो समय सम्म पनि सञ्चालनमा ल्याउन नसकि थन्काएर राखेको दम्कल आज जुद्ध वारुण यन्त्र भक्तपुर लाई हस्तान्तरण गरेको छ । स्थानिय विकास मन्त्रालय र मध्यपुर नपाको संयुक्त लगानीमा ६६ लाख लगानी गरेर दुइ वर्ष अघि ल्याएको दमकल प्रयोगमा ल्याउन नसकेपछि जुद्ध वारुण यन्त्र भक्तपुरलाई हस्तान्तण गरेको हो ।
। स्थानिय विकास मन्त्रालयले दमकल सञ्चालका लागि कर्मचारीको दरवन्दी नपठाउँदा र नपाको आम्दानीको स्रोत नभएकाले दमकल सञ्चालन गर्न नसक्ने अवस्था देखिएपछि एक अस्पतालको आगनमा दुइ वर्ष देखि थन्किएर रहेको दमकल भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलको संयोजनमा जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख बिजय धौभडेललाई साँचो दिएर आज हस्तान्तरण गरको हुन् ।
दमकल हस्तान्तरण कार्यक्रममा प्रजिअ पौडेलले दमकल सञ्चालनका लागि कोष स्थापन गर्ने र कोषमा भक्तपुरका नगरपालिकाहरुले सहयोग गरि सञ्चालनमा ल्याउने जानकारी दिए । मथिनपा का कार्यकारी अधिकृत कमल ज्ञवालीले भक्तपुरमा थप नगरपालिकासगै बस्ती बिस्तारले तिब्रता पाएकाले अत्वाश्यक दमकल वारुण यन्त्रलाई हस्तान्तरण गरेको बताए ।
बरुण यन्त्रका प्रमुख धौभडेलले तीनवटा मात्र दमकल रहेको वारुण यन्त्रमा दूइ दम्कल बिग्रिइ सञ्चालनमा नरहेका अवस्थामा पहिलेकै जनशक्तिको प्रयोग गरि दम्कल सञ्चालन गर्ने बताए । सञ्चालनमा रहेको एक दमकल पनि बेला बेला बिग्रने अवस्था रहेको बेला दमकलको आगमन सकारात्मक रहेको बताए ।