संविधान संशोधन विधेयक आज दर्ता नहुने
काठमाडौं, १० मंसिर । सरकारले आज साँझसम्म संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरेता पनि संविधान संशोधन विधेयक आज दर्ता नहुने भएको छ । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले थप छलफल गर्नुपर्ने निर्णय गरेपछि आज दर्ता नहुने भएको हो ।
संबिधान संशोधन बिधेयकबारे छलफल गर्न माओवादीले बोलाइएको हेडक्वाटर बैठक तथा मन्त्रिपरिषदको बैठक स्थगित भएका छन् । यता तर्फ संशोधन प्रस्ताव दलहरुबीच सहमति जुट्न नसकेपछि नयाँ शिराबाट छलफल थालिएको स्रोतले बताएको छ ।
बैठकले संशोधन दर्ता गर्नुअघि मधेसी मोर्चासँग छलफल गर्ने निर्णय गरेको एक नेताले बताए । संशोधन प्रस्ताव पेश गर्नकै लागि विहीबार नै बस्ने मन्त्रिपरिषदको नियमित बैठक समेत शुक्रबारका लागि सारिएको थियो । संशोधन प्रस्तावको नयाँ ड्राफ्ट बनाउनका लागि कानूनमन्त्री अजयशंकर नायक तथा अन्य मन्त्रीहरु लागिपरेका छन् ।