नेपालमा भारु ५ सय र दुई हजारका नोट प्रतिबन्ध
काठमाडौं, १० मंसिर । भारतले प्रचलनमा ल्याएको ५०० र २ हजारको नयाँ नोट तत्काल नेपालमा नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले भारु ५ सय र दुई हजारका नोटमा प्रतिबन्ध लगाएको हो । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले अझैसम्म फरेन एक्सचेन्ज मेनेजमेन्ट एक्ट अनुसार सूचना नगरेकाले भारु ५ सय र दुई हजारका नोट नेपालमा प्रतिबन्ध रहेको हो ।
भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले राष्ट्र बैंकका पूर्वी प्रमुख रामु पौडेलको भनाइ उद्धृत गर्दै नेपालमा भारु ५ सय र दुई हजारका नोटलाई अवैधानिक मानिएको छ । भारत सरकार तर्फबाट जबसम्म विदेशी मुद्रा विनिमयको व्यवस्था हुँदैन, तबसम्म नेपालमा भारु ५ सय र दुई हजारका नोट प्रचलनमा आउने छैन । आरबीआईले अधिसूचना जारी गरेपछि मात्रै विदेशी नागरिकले भारु राख्ने अनुमति पाउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३