फिफा वरियतामा नेपाल पाँच स्थान माथि उक्लियो

भक्तपुर न्यूज

१० मंसिर २०७३ ६:४७

फिफा वरियतामा नेपाल पाँच स्थान माथि उक्लियो

काठमाडौं, १० मंसिर । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपाल पाँच स्थान उक्लिएको छ । फिफाले हिजो जारी गरेको वरियता क्रममा नेपालले पाँच स्थान सुधार गर्दै १८१ औं स्थान पुगेको हो । यसअघि नेपाल १८६औं स्थानमा थियो ।
फिफाको नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा माथि १३७ औं स्थानमा छ । यस्तै अफगानिस्तान दुई स्थान तल झर्दै १४७ औं स्थानमा पुगेको छ । त्यस्तै चार स्थान माथि उक्लिएको माल्दिभ्स १५४ औं, ३ स्थान माथि उक्लिएको भुटान १७६ औं, नेपालभन्दा पछि बंगलादेश १८३ औं स्थानमा छ । श्रीलंका १९५ औं र पाकिस्तान १९६ औं स्थानमा छन् ।
फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ । ब्राजिल एक स्थान माथि उक्लदै दोस्रोमा छ । एक स्थान तल झरेको जर्मनी तेस्रो स्थानमा रहँदा दुई स्थान माथि उक्लिएको चिली चौथो र एक स्थान तल झरेको बेल्जियम पाँचौ स्थान छ । यस्तै कोलम्बिया छैटौं स्थानमा छ । सातौदेखि १० स्थानसम्म क्रमशः फ्रान्स, पोर्चुगल, उरूग्वे र स्पेन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *