बार्सिलोनाका स्ट्राइकर नेइमारलाई दुई बर्ष जेल र १ करोड युरोको दण्ड सजाय
एजेन्सी, १० मंसिर । ब्राजिल तथा बार्सिलोनाका स्ट्राइकर नेइमारलाई दुइ बर्षको जेल सजाय सुनाइएको छ । स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको हो । स्पेनको अदालतले दुई दिनअघि मात्र करछलीको आरोपमा नेमारलाई दुई वर्षको जेल सजाय र १ करोड युरोको दण्ड सजाय सुनाएको हो ।
सन् २०१३ मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना आउने क्रममा भएको करछली आरोपमा नेइमार दोषी पाइएको स्पेनिस अदालतले जनाएको छ । न्यायाधीश जोसे पेराल्सले बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेललाई पाँच वर्षको जेल सजाय र ८४ लाख युरो जरिवाना तिर्नु पर्ने फैसला गरेको छ । तर क्लबका अहिलेका अध्यक्ष जोसेप मारिए बार्टोमेउ विरुद्धको आरोप भने फिर्ता भएको छ ।
स्पेनिस कानुन अनुसार दुई वर्षसम्मको जेल सजायमा जेलमा गएर बस्नु पर्दैन । यस अनुसार नेइमारले दुई वर्षको जेल सजाय भएपनि जेलमा भने बस्नु पर्दैन ।