म्यानचेस्टर युनाइटेड नकआउट चरण नजिक
एजेन्सी, १० मंसिर । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ । समूह ए मा रहेको म्यानचेस्टर युनाइटेडले गएराति भएको खेलमा फायनुर्डलाई ४–० ले हराउँदै नकआउट चरण नजिक पुगेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा वायने रुनी, आन माटा र जेसी लिङ्गार्डले गोल गरे । ३५ औं मिनेटमा रुनीले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ६९ औं मिनेटमा माटाले गोल गरे भने ७५ औं मिनेटमा फायनुर्डका गोलरक्षक जोन्सले आत्मघाती गोल गरी उपहार गोलपछि युनाइटेडको अग्रता ३–० मा पुग्यो । जोन्सले जाल्टन इब्राहिमोविचले प्रहार गरेको बल जोगाउने क्रममा आफ्नो पोस्टमा गोल गरेका हुन् । इन्जुरी समयमा लिङ्गार्डले गोल गर्दै ४–० को जित दिलाए ।
जितपछि पाँच खेलबाट ९ अंकसहित युनाइटेड समूह ए को दोस्रो स्थानमा छ । १० अंक जोडेको फेनरवाची शीर्ष स्थानमा छ । राति नै भएको खेलमा फेनरवाचीले जार्या लुहान्सकलाई २–० ले हरायो । राति भएको खेलमा साउथह्यामप्टन स्पार्टा पाराग्वेसँग १–० ले पराजित भयो ।