लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

भक्तपुर न्यूज

१० मंसिर २०७३ ४:४९

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

काठमाडौ, १० मंसिर । लैङ्गीक हिंसा विरुद्धको १६ दिवसीय अभियान आज देखि सुरु हुदैछ । घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आजबाट मनाउन लागिएको हो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने सो दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा विभिन्न कार्यक्रम गर्ने छ ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।
यसैगरी, आज महिलाअधिकारवादी सङ्घसंस्थाको सहभागितामा बिहानै बृहत् पदयात्रासमेत गरिएको छ । राष्ट्रिय महिला आयोग कार्यालय भद्रकालीबाट सुरु भई भएको पदयात्रा पुतलीसडक, बागबजार, पद्यकन्या क्याम्पस, भद्रकाली, सहिदढोका, नयाँसडक, जुद्ध सालिक हुँदै वसन्तपुर डबलीमा गई सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *