प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

भक्तपुर न्यूज

१० मंसिर २०७३ ४:३३

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

एजेन्सी, १० मंसिर । प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर निकारागुवामा महसुस भएको छ ।
नेपाली समय अनुसार बिहीबार राति साढे १२ बजे प्रशान्त महासागरको मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म खुनामीको छाल आउने सक्ने जनाइएको छ ।
भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो । अहिलेसम्म जनधनको क्षतिको विवरण नआएको बीबीसीले जनाएको छ ।
समाचार संस्था एएफपीका अनुसार कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । र, तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलाइृ सुरक्षित स्थानमा जान भनिएको छ ।
सुरुमा ७ दशमलव २ रेक्टरको भनिएकोमा पछि घटाएर ७ रेक्टरमा झारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *