युवराजको बिहेमा प्रधानमन्त्री मोदीलाई निम्तो
एजेन्सी, ९ मंसिर । भारतीय क्रिकेटका चर्चित ब्याट्सम्यान युवराज सिंहले आफ्नो बिहेमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मन्त्रीलाई निमन्त्रण गरेका छन्। युवराज नोभेम्बर २९–३० मा बलिउड नायिका हेजल किचसँग बैवाहिक बन्धनमा बाँधिदैछन्। उनको बिहेमा बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरूको ठूलो जमघट हुने बताइएको छ। युवराज आज बिहान भारतीय प्रधानमन्त्री मोदी र अन्य मन्त्रीलाई बिहेको निम्तो दिन आफै नयाँ दिल्लीस्थित पार्लियामेन्ट हाउस पुगेका थिए।
३४ वर्षीय युवराज भारतले सन् २०११ को एकदिवसीय विश्वकप र २००७ मा टि–२० को विश्वकप जित्दा टोलीको मुख्य सदस्य थिए। यसै वर्ष युवराजले इन्डोनेसियाको बालीमा हेजललाई बिहेको प्रस्ताव गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४