चलचित्रमा फर्कने स्वेता
काठमाडौं, ९ मंसिर । करिब २ बर्षपछि नायिका स्वेता खड्का अभिनयमा फर्कने भएकी छिन् । नायिका खड्काले नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा लागेकी छिन्, जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । उनले कोहिनुर निर्देशन गरेका थिए ।
यो चलचित्रका लागि नायिका खड्काले नायक दयाहाङ राइसँग कुरा गरिसकेकी छिन् । दयाहाङ अहिले बेलायतमा चलचित्र ‘ह्याप्पी डेज’को छायांकनमा व्यस्त छन् । दयासँग स्वेताले एक चरणको कुरा गरिसकेकी छिन् । लभस्टोरी तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रबाट स्वेताले धमकेदार कमब्याक गर्ने सोच बनाएकी छिन् ।
चलचित्रको छायाँकन सुरु हुने समय आधिकारिक रुपमा पुष्टि नभएपनि चैत र वैशाखको समयमा सुटिङ हुने जनाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४